सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • मंसिर २७ देखि सुर्तीजन्य पदार्थ निषेध

मंसिर २७ देखि सुर्तीजन्य पदार्थ निषेध

1725
Shares
मंसिर २७ देखि सुर्तीजन्य पदार्थ निषेध

काठमाडौं | काठमाडौं महानगरपालिकाले प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाइएको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ ।

पौडेलका अनुसार अनुसार १५ दिनपछि काठमाडौं महानगर भित्र यस्ता वस्तुको बिक्रि वितरण भएको पाइएमा महानगर प्रहरीले जफत गर्ने छ । साथै व्यापारीमाथि अधिकतम कारवाही समेत हुने भएको छ ।

 

1725
Shares

ट्रेन्डिङ