सबैको समाचार
बिहिबार, जेष्ठ २, २०८२
  • होमपेज
  • तामाङ भाषाको काला दाग फिल्म पर्दशनी हुने

तामाङ भाषाको काला दाग फिल्म पर्दशनी हुने

5145
Shares
तामाङ भाषाको काला दाग फिल्म पर्दशनी हुने

तामाङ भाषाको कथानक चर्चित रगतको दाग नामक चलचित्र फिल्म यहि साउन २८ गतेबाट च्यारेटी शो हुने भएका छन् । ह्याङला को–म्होन्दो मिडिया हाउस सक्सेस फिल्मस प्रालिको प्रस्तुती रहेको काला दाग अर्थात रगतको दाग नामक तामाङ भाषाको चलचित्रको च्यारेटी शो प्रर्दशन गर्न लागेको हो । ह्याङला को–म्होन्दो मिडिया हाउस सक्सेस फिल्मस प्रालिका अमर लामाको प्रस्तुती रहेको उक्त चलचित्र साउन २८ गते नाचगर जमलमा च्यारेटी सो हुने छ ।
फिल्म बारे जानकारी दिने उदेश्याले सो फिल्म प्रालिले शनिवार सुर्यबिनायक भक्तपुरस्थित रफत सञ्चर क्लबको हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार भदौ ३ गते मयुर हल बनेपा र भदौँ १७ गते बराही हल सूर्यबिनायक भक्तपुरमा च्यारेटी शो देखाउने छ । आयोजकले देशभरि रहेका तामाङ बस्तीहरुमा र विदेश कतार मलेशिया र दुबई पनि प्रर्दशन गर्ने तयारी गरी रहेका छन । सो चलचित्रमा मुख्य कलाकारहरु नायक कुमार मोक्तान, नायिका सिता लामा खलनायक बिकु थोकर लगायतका कलाकारहरुको अभियान रहेको छ ।
कथा÷पटका प्रकाश लामा, निर्माता चन्द्रलाल दोङले गरेको चलचित्रमा निर्देशक द्धन्द्ध शंकर महर्जन, कार्यकारी निर्माता अशोक कुमार स्याङबो रहेका छन । सह निर्माता सुब्बा सिं तामाङ÷फुलकाजी स्याङबो , छयाङकन रबि कोइराला, केशब अधिकारीले गरेका हुन् । नृत्य सुनिल मोक्तान, संगीत जोगलाल लामा÷निमा दोङ गीत कुमार स्याङबा बिशाल स्याङतान÷दबिन्द्र लामाको रहेको छ । निर्माता सहयोगी कर्म लामा÷ बिजय लामा सम्पादन मेख थापा मगरले गरेका छन भने विशेष सल्लाकार डि.बी मोक्तान र जेनिश दोङ रहेका छन् ।

5145
Shares

ट्रेन्डिङ