सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नोकिया ३३१० को मूल्य ३ लाख !

नोकिया ३३१० को मूल्य ३ लाख !

2995
Shares
नोकिया ३३१० को मूल्य ३ लाख !

बजारमा पुनरागमन गर्न लागेको ऐतिहासिक नोकिया ३३१० को मूल्य ४९ युरो अर्थात् झण्डै ५५ सय रुपैयाँ पर्ने जानकारी यो फोन सार्वजनिक हुँदाको दिनमा गराइएको थियो ।
तर नोकिया ३३१० बजारमा आउँदा केवल ५५ सयको फोन मात्र आउने छैन । तपाइँले ३ लाख रुपैयाँ मूल्य पर्ने यस्तै मोडेलको फोन पनि किन्न सक्नुहुनेछ ।
वास्तवमा उक्त बहुमुल्य फोन विश्वको सबैभन्दा कडा धातुले लेपन गरेको हुनेछ । नोकियाले आफ्नो ऐतिहासिक फोन ३३१० बजारमा ल्याउन लागेको मौका छोपेर उक्त फोनको क्रेजलाई पक्रिँदै लक्जरी फोन कम्पनी ग्रेसोले नोकिया ३३१० कै मोडेलको फोन ग्रेसो ३३१० उत्पादन गर्नेछ । उक्त फोनलाई पाँचौँ श्रेणीको टाइटानियम धातुको खोलभित्र हुनेछ ।
साथै उक्त फोनमा ३ मेगापिक्सेलको क्यामरा हुनेछ भने यसको ब्याट्री लगातार फोनमा कुरा गरिरहँदा समेत ७५ घण्टासम्म टिक्नेछ । रुसी कम्पनी ग्रेसोका अनुसार यो फोन ३२ फिट उचाईँबाट खस्दा पनि नटुट्ने दाबी कम्पनीको रहेको छ । एजेन्सी

2995
Shares

ट्रेन्डिङ