काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगेको आरोपमा आमा र छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १४ बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ रहेका छन् । आमाछोरा विरुद्ध चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको छ ।सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।