सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काँग्रेस काभ्रेद्धारा गणेश लामाको रिहाइका लागि आजै सडकमा उत्रन नेविसंघलाई निर्देशन

काँग्रेस काभ्रेद्धारा गणेश लामाको रिहाइका लागि आजै सडकमा उत्रन नेविसंघलाई निर्देशन

7495
Shares
काँग्रेस काभ्रेद्धारा गणेश लामाको रिहाइका लागि आजै सडकमा उत्रन नेविसंघलाई निर्देशन

काभ्रे : नेपाली काँग्रेसका यूवा नेता गणेश लामा हिजोे पोखराको लेकसाइडबाट पक्राउ परेपछि राजनीतिक प्रतिशोध साँधेर प्रहरीले पक्राउ गरेको काँग्रेसले आरोप लगाएको छ ।

नेता लामालाई विना सर्त रिहा गर्न माग गर्दै काग्रेस काभ्रेले राज्यको यस प्रकारको बर्बरताको घोर निन्दा गरेको छ । विनाकारण प्रहरीले लामालाई नियन्त्रणमा लिएको भन्दै त्यसको विरुद्ध आजै सडकमा उत्रन नेपाल विद्यार्थी संघ (नेवि संघ)लाई नेपाली कांग्रेस काभ्रेको पदाधिकारी बैठकले निर्देशन दिएको जिल्ला कार्य समितिका सचिव दिनेश लामाले फेसबुक मार्फत जानकारी दिएका छन् ।

नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी हर्कत विरुद्ध सशक्त कदम चाल्न काँग्रेस बाध्य हुने चेतावनी समेत दिएको छ ।

https://www.facebook.com/dineshlama1979/posts/4120120778034875

7495
Shares

ट्रेन्डिङ