सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • ३ नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो : बालेन

३ नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो : बालेन

60
Shares
३ नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत बालेनले सो कुरा बताएका हुन् ।शाहले काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने , हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताएका छन् ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा नरहने , १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने र बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले नगर्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन समेत उनले भनेका छन् ।

60
Shares

ट्रेन्डिङ