सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • यी हुन् एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका ११ सांसद

यी हुन् एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका ११ सांसद

8295
Shares
यी हुन् एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका ११ सांसद

काठमाडौं, १० जेठ : नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर कारबाहीमा परेकी झाँक्रीले त्यो कारबाहीको कुनै मान्यता नहुने बताइन् । उनले आफूहरु पनि बसेर ओलीलाई कारबाही गर्न सक्ने भन्दै सोधिएको स्पष्टीकरण पत्र पनि आफूहरुले नपाएको उनको प्रतिक्रिया छ ।

8295
Shares

ट्रेन्डिङ