राजनीतिमा रञ्जु : ‘उनको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो’
जेठ १३, काठमाडौं । काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् । रञ्जु दर्शनाजस्तै । एक महिनाअघि जब रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरका लागि […]