सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एकै समयमा एउटै परिमाणको सुन किन्दा बैंकहरूको ठगी, एक किलो सुनमा १८ हजार फरक

एकै समयमा एउटै परिमाणको सुन किन्दा बैंकहरूको ठगी, एक किलो सुनमा १८ हजार फरक

4755
Shares
एकै समयमा एउटै परिमाणको सुन किन्दा बैंकहरूको ठगी, एक किलो सुनमा १८ हजार फरक

शुकदेव थपलिया/ काभ्रे, जेठ १५ । सुन आयात तथा बिक्री बितरण सम्बन्धी पछिल्लो संसोधन सहितको कार्यविधि २०६८ को परिच्छेद २ को ५ मा बैकहरूले सुनको बिक्री मुल्य कायम गर्दा आयात गरी सम्बन्धीत क्षेत्रमा पुर्याउँदा लाग्ने प्रत्यक्ष लागतमा अधिकतम ०.५० प्रतिशतभन्दा हुने गरी मार्कअप गर्न नपाईने उल्लेख गरिए पनि बैकहरूले सुन विक्रि बितरण गर्दा सो कार्यविधिको व्यवास्ता गरी ठगी गर्ने गरेको खुलेको छ ।
एउटै परिमाणको दुई फरक सुन पसलले एउटै समयमा सुन किन्दा दुई बैंकहरूले ठगी गरेको खुलेको छ । सुनको क्वालिटि ९९९.९ रहेको उल्लेख गर्दै बनेपामा रहेको स्वर्ण गृहले सिभिल बैक बाठमाण्डौबाट मिति २०७४÷०२÷१० गते १ केजी सुन किनेको थियो । प्रति १० ग्रामको ४६ हजार४ सय ७० रहेको उल्लेख छ भने उनले जम्मामा ४६ लाख ४७ हजार रकम बैकलाई एक केजी सुनको भुक्तान गरेका थिए । यस्ते सोहि दीन काठमाण्डौको पानीपोखरी साखामा रहेको ग्लोबल आईएमई बैंकबाट बनेपाकै नेवा ज्वेलर्सले सोहि परिमाणको सुन किन्दा १८ हजार बडि रकम बुझाएको बैकको कारोबार भएको कागजमा उल्लेख छ । नेवा ज्वेलर्सले सो बैकबाट सुन किन्दा प्रति दश ग्राममा नै स्वर्णको भन्दा १८० रुुपियाँ फरक छ ।
जम्मामा उनले ४६ लाख ६५ हजार रुपियाँ तिरेका छन् । यसकै आधारमा नेवाले स्वर्ण को भन्दा १८ हजार रकम बडि तिरेको पाईएको छ । उनीहरूले एउटै मितिमा फरक फरकरू बैकबाट एउटै परिमाण र क्वालिटिको सुन किने पनि बैकले ठगी गर्ने गरेको सो कारोबारबाट स्पष्ट देखिन्छ । नेवा ज्वेलर्सका सञ्चालक र सुनचाँदी व्यवसायी महासंघ केन्द्रको सदस्य समेत रहेका शाक्यले भनेका छन् कहिले उच्च क्वालिटिको बाहानामा त कहिले केको बाहानामा हामीलाई बैकले नै ठग्दै आएको छ । राष्ट्र बैकको नियमानुसार सुन कारोबारमा निश्चीत बैकहरूलाई मात्र तोकिएको छ । हामी सोहि नियमको पालना गर्दै आफुहरूलाई सहज हुने बैंकबाट सुन कारोबार गरिरहेका हुन्छौँ तर बैकले नै यसरी एक किलो मा नै १८ हजार ठग्दो रहेछ शाक्यले सबैको समाचार डटकमलाई बताएका छन् ।
बैकले नै ठगी गर्दाे रहेछ सुन कारोबारमा अरुको कसको भरोसा हुन सक्ला र ? यस्तै कारणले गर्दा पनि सुन तस्करीको मात्र पनि ज्यदा हुँदो हो शाक्यले आक्रोश पोखेका छन् ।उनले आफुहरूलाई त ठगी गर्न बाँकी नराख्ने बैकले कसलाई छुटाएको होला भनि प्रतिप्रश्न समेत गरेका छन् ।सुन बिहान ११ बजेर ५५ मिनेट जाँदा बैकसँग सम्झौता भउको थियो , एक घण्टाको फरकमा नै विश्व बजारमा यसरी सुनको मुल्य कसरी फरक पर्ला र भनि आएर ईन्टरनेट मार्फत आफुले हेर्दा आफु ठगीएको पक्का भएको उनले बताएका छन् । सुन बैकबाट खरिद गरि सकेपछि व्यवसायीहरूले तोकिएको ०.५० प्रतिशतको मार्कअप बाहेक जतिसुकै तह मार्फत बिक्री वितरण भएपनि मुल्य बढ्ने गरी कुनै पनि थप दस्तुर,सेवा शुल्क तथा कमिशन लिन पाईने छैन भनि स्पष्ट खुलाईएको भन्दै यो नियमहरूको पालना नगरेको शाक्यले बताएका छन् । तश्वीरमा सुन सम्बन्धी कार्यविधि र बैकमा कारोबार भएको कागजात जसमा १८ हजार फरकमा सुन कारोबार भएको देखिन्छ ।
 

4755
Shares

ट्रेन्डिङ