पशुपति क्षेत्रको महत्व बुझाउन ‘पाशुपत दर्पण’
काठमाडौँ, २८ जेठ : विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका विषयमा अनुसन्धानमूलक सामग्री सार्वजनिक गर्ने उद्देश्यले ‘पाशुपत दर्पण’ नामक द्वैमासिक प्रकाशन शुरु भएको छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ यहाँको महत्व बुझाउन पशुपति क्षेत्र विकास कोषले यसै वर्षदेखि ‘पाशुपत दर्पण’ प्रकाशन गर्न थालेको हो । पशुपतिलाई विश्वस्तरकै आकर्षक केन्द्रका […]