सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यो वर्षको बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने

यो वर्षको बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने

5245
Shares
यो वर्षको बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने

काभ्रे : बनेपाको प्रसिद्ध धार्मिक स्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमा मेला नलाग्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन यस ऐतिहासिक तथा पवित्र धार्मिक स्थलमा लाग्दै आएको गोसाँईकुण्ड मेला र जात्रा अपौचारिक रूपमा नगर्ने निर्णय गरेको गरेको समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।

वडाका वडाध्यक्ष सचिता नन्द केसीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो विषम परिस्थितिलाई मध्यजनर यो वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको समितिका अध्यक्ष शाहले बताउनुभयो । यो वर्षको जनैपूर्णिमा यहि साउन १९ गते परेको छ । गोसाँईस्थानमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको थियो ।

5245
Shares

ट्रेन्डिङ