सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • रक्षाबन्धन बाँध्‍न गाउँ निस्किए २७ दिन क्‍वारेन्टाइनमा

रक्षाबन्धन बाँध्‍न गाउँ निस्किए २७ दिन क्‍वारेन्टाइनमा

4710
Shares
रक्षाबन्धन बाँध्‍न गाउँ निस्किए २७ दिन क्‍वारेन्टाइनमा

रुकुम : ​रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्‍न रोक लगाइएको छ। ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताउनुभयो ।

यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ । ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए।

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बाँधेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका-६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए। रक्षाबन्धन हिन्दू धर्मावलम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो। जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ।

4710
Shares

ट्रेन्डिङ