१ बजेदेखि बैंकहरुको क्युआर ट्रान्सफरसहितका अनलाइन सेवा नचल्ने
काठमाडौं :- आज दिउँसो बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले आज डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको हो । सोमबार(आज) दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् […]