९ लाख बढीको धनमाल चोरी गरि फरार
काठमाडौँ | ललितपुरको बालकुमारीबाट ९ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिहीबार ललितपुर महानगरपालिका–८ स्थित बुद्ध कुमारी श्रेष्ठको घरबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । श्रेष्ठको घरबाट सुन, चाँदीका गहना र जिन्सी सामान चोरी भएको हो । चोरीमा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ […]