एक्स्काभेटर पल्टिँदा १ जनाको मृत्यु
सल्यान | सल्यानमा एक्स्काभेटर पल्टिँदा सहचालकको मृत्यु भएको छ । शनिबार बिहान बाग्चौर नगरपालिका–३, स्यालगैह्रास्थित भित्री सडकखण्डमा रा १ क ८५९ नम्बरको तिरुपाते निर्माण सेवाको एक्स्काभेटर दाङको गढुवा गाउँपालिका–५ का २४ वर्षीय दीपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए […]