घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति
फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति भएको छ । लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको हो । जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारी का अनुसार फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।