सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको पनौतीमा बुलेरो दुर्घटना

काभ्रेको पनौतीमा बुलेरो दुर्घटना

3340
Shares
काभ्रेको पनौतीमा बुलेरो दुर्घटना

काभ्रे । पनौती नगरपालिका स्थित कुशादेवी वडा नं ३ चामखोलामा बुलेरो दुर्घटना भएको छ।

चामखोलाबाट कुशादेवी तर्फ जाँदै गरेको बा.प्र ०१ ०२७ च १३०७ नंको दुध बेक्ने बोलेरो गाडी आफैं अनियन्त्रियत भई दुर्घटनामा परेको हो । गाडी सडकबाट करीब १०० मिटर तल खसेको छ ।

दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा बोलेरो चालक पनौती नगरपालिका वडा नं ३ घर भएका चालक २४ वर्षीय मन्दिप के.सी र गाडीमा सवार पनौती नगरपालिका वडा नं २ का ४५ वर्षीय नारायण सापकोटा रहेका छन् ।


केसीको टाउकोमा चोट लागेको छ भने सापकोटाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

3340
Shares

ट्रेन्डिङ