सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • वुद्ध हिमालय एलुम्नाइ एशोसिएसनको प्रथम साधारण सभा सम्पन्न

वुद्ध हिमालय एलुम्नाइ एशोसिएसनको प्रथम साधारण सभा सम्पन्न

4260
Shares
वुद्ध हिमालय एलुम्नाइ एशोसिएसनको प्रथम साधारण सभा सम्पन्न

काभ्रे, पुस २७ । काभ्रेको चौैरीदेउराली गाउपालिका वडा नं. ३ मा रहेको वुद्ध हिमालय एलुम्नाइ एशोसिएसनको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । माझिफेदामा रहेको पुष्पाञ्जली प्रा.वि. को प्रांगणमा सम्पन्न सभामा संस्थापक सचिव शेरफ योेञ्जनले वर्षिक प्रतिवेदन कार्ययोजना प्रस्तुत गर्नुुभयो भने कोषाध्यक्ष राजकुमार मोक्तानले कोषाध्यक्षको प्रतिवेद पेश गर्नुभयो  ।

वुद्ध हिमालय मा.वि का भुतपुर्व वि.सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना गरेको उक्त संस्थाको नया कार्यसमीति समेत चयन भएको छ । शेरफ योञ्जनको अध्यक्षतामा गठित नया समिति उपाध्याक्षमा चित्र प्रसाद गौतम, महिला उपाध्याक्षमा सुमिता श्रेष्ठ, महासचिवमा राजकुमार मोक्तान सचिव लक्ष्मण गौतम, कोषाध्क्षमा मुक्तिनाथ गौतम, सहकोषाध्यक्षमा उस्पार सुनार हुनुहुन्छ भने सदस्यहरुमा गोविन्ध बहादुर श्रेष्ठ, लक्ष्मी चौलागाइ, सुकमान लामा, जय बहादुर थोकर, विक्रम गौतम, शिव ढुगेंल, निशा गौतम र कमल काफ्ले रहेका छन् ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष राजु चौलागाईंको सभापतित्वमा सम्पन्न भएको थियो । सभा विसर्जन गर्दै उनले संस्थाको विविध विषयमा बोल्दै हाल सम्म गरेको र अबको नयाँ कार्यसमितिले गर्नुपर्ने कार्ययोजना र यसमा आफुले सक्दो सहयोग गर्ने वचनबद्दता समेत व्यक्त गरेका थिए ।कार्यभार सम्हादै नवनिर्वाचित अध्यक्ष शेरफ योन्जनले अहिले सम्म संस्थामा आफुले गरेको काम र अब अझ सशक्त ढंगले संस्थाको उदेश्य प्राप्तीमा लाग्दै समाजमा एक प्रतिष्ठित समाजिक कार्य गर्दै उचाइमा पुर्याउनु आफ्नो भावी योजना रहेको र यसमा आफू लागिरहने बताएका थिए ।

4260
Shares

ट्रेन्डिङ