सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पहिरोले दुई घर पुर्‍यो, ८ जना बे’पत्ता

पहिरोले दुई घर पुर्‍यो, ८ जना बे’पत्ता

7160
Shares
पहिरोले दुई घर पुर्‍यो, ८ जना बे’पत्ता

काठमाडौं : कालिकोटमा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बे’पत्ता भएका छन्। नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बे’पत्ता भएका छन। स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएको प्र’हरीले जनाएको छ।

जिल्ला प्र’हरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीका अनुसार गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएको बताए। बाढीको भल घरमा पसेपछि घर भत्किएको हो। घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन।

बुढाकी छोरी बिमला बुढा घा’इते भएकी छन्। यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्या’न जोगाएका छन। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ। बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन। घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बे’पत्ता छन्।

यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बे’पत्ता भएका थिए। यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बे’पत्ता भएकी छन्। यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बे’पत्ता भएका थिए, भने तीन जना घा’इते भएका थिए।

7160
Shares

ट्रेन्डिङ