सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • राज्यले हामीलाई नागरिक नै देखेन : बाडी पिडित सुकुम्बासी नागरिक

राज्यले हामीलाई नागरिक नै देखेन : बाडी पिडित सुकुम्बासी नागरिक

रोशी खोलाको किनारमा २०६२ देखि बसोबास गर्दै आईरहेका सुकुम्बासीहरुलाई बासकै चिन्ता

595
Shares
राज्यले हामीलाई नागरिक नै देखेन : बाडी पिडित सुकुम्बासी नागरिक

काभ्रे :- बाडी र पहिरोले क्षेति पुर्याएको ३ साता भैसकेको छ। तर पनि पनौती वडा न ७ मा रहेको सुकुम्बासी बस्तिका नागरिकले सामान्य राहत भन्दा अन्य कुनै सायाहया पाउन सकेका छैन्न।

रोशी खोलाको किनारमा २०६२ देखि बसोबास गर्दै आईरहेका सुकुम्बासीहरुलाई भने बासकै चिन्ता छ। अहिले कोही भाडामा त् कोही नजिकै अस्थाई टहरा बनाउन लाग्दै छन् त् कोहि डुबेको घरलाई सरसफाई गरेर बस्ने कोसिस गर्दै छन्।

अविरल वर्षा पछि रोशी खोलामा आएको बाडीले जिल्लाकै सबैजसो स्थानियतहलाई प्रवाभित बनायो। रोशी खोलामा आएको बाडिले पनौती नगर पालिका वडा न ७ मा रहेको सुकुम्बादी बस्ति र सोहि स्थानमा रहेको खानेपानी सस्थांन कार्यालय देखि सबै घर जलमग्न भएका थिए। सोहि स्थानमा बसोबास गर्दै आईरहेका स्थानिय भने सरकार आफुलाई नागरिक नै नदेखेको दुखेसो ब्यक्त गर्छन।

बाडी र पहिरो पछि कुनै पनि जन प्रतिनिधि सम्म नआईपुगेको गुनासो गर्ने ६३ वर्षीय श्याम कुमारी तामाङ्ग अहिले सम्म सरकारका कुनै निकाय नआएको र सघ सस्थाका मात्र राहत पाएको बताउदै बासको व्यवस्था गर्दिए सहज हुने आशा राख्नु हुन्छ।

१६/ १७ वटा घर भएका सुकुम्बासीबस्तीका कुनै घर बस्न योग्य छैन्नन। ४६ वर्षीय असोक लोप्चनको पनि एउटा चम्चा पनि झिक्न नपाएको गुनासो ब्यक्त गर्छन।

गणेश ध्याबा पनि केहि पनि झिक्न नपाएको र नागरिकता देखि अन्य कागतपत्र समेत झिक्न नपाएको बताउछन। सरकारबाट कुनै साहायता समेत नपाएको उनि बताउछन।

उमेरले बृद्ध भैसकेकी लक्ष्मी माया स्याङ्गतान पनि बस्ने बास भए खान बरु पानि ततायर भएनी खाउला भन्दै बस्ने बासकै अत्यन्तै खाचो रहेको बताउहुन्छ।

नगरपालिका भने विभिन्न उप समिति निर्माण गरेर क्षेतिको विवरण संगकन तथा राहात वितरणको कार्य गरेको बताए पनि नागरिकले महसुस गर्ने गरी कार्य गर्न नसकेको यी गुनासोबाट नै पुस्टि हुन्छ। नागरिकको सुरक्षित बसोबास गर्ने अधिकार दिलाउन जनताको घरदैलोको सरकार थप जिम्मेवार हुन् आवस्यक छ।

595
Shares

ट्रेन्डिङ