काठमाडौं । रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका –१० पेउघा घर भई सोही स्थानमा रहेको बाल कल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
खड्का धवार विद्यालयको काम सकेर घर जाँदै गर्दा घर नजिकैको भिरबाट खसेका थिए । उनी २०५३ देखि २०६० सम्म मुसिकोट नगरपालिका १२ जमारूमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत थिए ।
हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक थिए ।