काभ्रेका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेरदवार, माओवादीसंग तालमेल भए एमाले “ब्याक”
काभ्रेको १३ वटै पालिकाका लागि नेकपा एमालेले उम्मेरदवार टुंगो लगाएको छ । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडामा उम्मेदवार टुंगो लागेको काभ्रे एमालेले जनाएको छ । एमालेले धुलिखेलको प्रमुखमा अहिलेका मेयर अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटालाई उम्मेरदवार बनाउने निर्णय गरेको छ । […]