सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • कांग्रेस धुलिखेलको विरोधको च्यापटर क्लोज, नगर प्रमुख नेकपा एसलाई नै सुम्पियो

कांग्रेस धुलिखेलको विरोधको च्यापटर क्लोज, नगर प्रमुख नेकपा एसलाई नै सुम्पियो

21035
Shares
कांग्रेस धुलिखेलको विरोधको च्यापटर क्लोज, नगर प्रमुख नेकपा एसलाई नै सुम्पियो

गठबन्धनको सिट बाँडफाँड लगत्तै चर्को विरोधमा उत्तिएको धुलिखेल कांग्रेस अन्ततः लयमा फर्किएको छ ।

नगर प्रमुखको उम्मेदवार नेकपा (एकीकृत समाजवादी) को भागमा परेपछि कांग्रेस धुलिखेल रुष्ट भएको थियो । तर जिल्ला नेतृत्वसंगको छलफलपछि धुलिखेल कांग्रेस गबन्धनको पक्षमा उभिएको हो ।

कांग्रेस धुलिखेल नगर सचिब सुरज श्रेष्ठले विरोधको च्यापटर क्लोज भएको बताउनुभयो । ‘हामीमा केही दुविधा थियो । त्यो दुविधा नेतृत्वले समाधान गरिदिएको छ । हामी नेतृत्वको निर्देशन अनुसार उपप्रमुखको उम्मेदवारी दर्ता गर्छौ । सचिब श्रेष्ठले भन्नुभयो ।’

वडा तहपनि भागबण्डा हुने र कांग्रेसलाई थोरै मात्रै पर्ने चित्ता धुलिखेल कांग्रेसलाई थियो । तर वडा तहमा सके गठबन्धन गर्ने, नभए गठबन्धनभित्रैका दलहरुबीच प्रतिस्पर्धा गरेर जाने जिल्ला नेतृत्वले आवश्वासन दिएपछि धुलिखेल कांग्रेस पछिहटेको हो ।

‘कांग्रेसलाई उपप्रमुख मात्रै दिने हो कि भन्ने चिन्ता थियो । त्यो नहुने भयो । हामीले हिजो गरेको निर्णयबाट पछि हटिसकेका छौँ । १२ वटै वडामा वडाध्यक्ष सहितको उम्मेदवार टुंगो लगाएर मनोनयन दर्ता गछौँ । सचिब श्रेष्ठले भन्नुभयो ।’

21035
Shares

ट्रेन्डिङ