सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सेना दिवस : काभ्रेका सिडियो,एसपी देखि नगर प्रमुखसम्म कुचो बोकेर सडकमा

सेना दिवस : काभ्रेका सिडियो,एसपी देखि नगर प्रमुखसम्म कुचो बोकेर सडकमा

6170
Shares
सेना दिवस : काभ्रेका सिडियो,एसपी देखि नगर प्रमुखसम्म कुचो बोकेर सडकमा

 

 

काभ्रे । नेपाली सेना दिवस एवं महाशिवरात्रीको अवसर पारेर नेपाली सेना कालि जंग गण धुलिखेलको आयोजनामा बनेपामा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

 

बनेपा पुलबजारदेखि चारदोबाटोसम्मको सडक पेटीमा रहेको फोहोरहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बनेपा नगरपालिकाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सरसफाई गरिएको हो ।

 

 

सरसफाईमा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, कालि जंग गणका गणपति प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी काभ्रेका सशस्त्र प्र ह री उपरीक्षक सुरेन्द्र बुढाथोकी, अनुसन्धान काभ्रेका प्रमुख नगेन्द्र दाहाल, बनेपा नगरपालिकाका उपप्रमुख रेखा दाहाल, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत कविराज उप्रेती र बनेपा नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

कालि जंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापाका अनुसार सेना दिवसको अवसर पारेर कालि जंग गणले हरेक वर्ष रचनात्मक क्रियाकलाप गर्दै आएकोमा यस वर्ष भने बनेपा नगरपालिकामा सरसफाई गरी सेना दिवस २०७८ मनाइएको बताउनुभयो ।

 

 

 

6170
Shares

ट्रेन्डिङ