सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा गठबन्धनको विरोध, धुलिखेल आफूलाई चाहिने काँग्रेसको माग

काभ्रेमा गठबन्धनको विरोध, धुलिखेल आफूलाई चाहिने काँग्रेसको माग

23010
Shares
काभ्रेमा गठबन्धनको विरोध, धुलिखेल आफूलाई चाहिने काँग्रेसको माग

काभ्रेको धुलिखेल नगरपालिका नेकपा एकिकृत समाजवादी पार्टीलाई दिने प्रदेश गठबन्धनको निर्णय काँग्रेसले नमान्ने भएको छ ।

काँग्रेस धुलिखेलका नगर प्रमुख विदुर बस्नेत लगायतको उपस्थितीमा पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय नमान्ने बताएको हो । यतिबेला पार्टी कार्यालयमा प्रदेशको सो निर्णय प्रति नाराबाजी समेत चलिरहेको छ ।

जिल्लाले सहमति जुटाउन नसकेपछि सिट बाँडफाँडको जिम्मा प्रदेशलाई दिएको थियो । नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बाँनियाको संयोजकत्वमा बसेको प्रदेश गठबन्धनको बैठकले आज सिट बाँडफाँड गरेको हो ।

जसमा धुलिखेल नगर प्रमुख नेकपा एसलाई र उप प्रमुख काँग्रेसलाई छुट्टाइएको छ ।

 

23010
Shares

ट्रेन्डिङ