हावाबाट बिजुली उत्पादन गर्न अध्ययन शुरु
खजुरा, बाँके( रासस) । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । […]