सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जनार्दन शर्माको गाडीमा बम प्रहार

जनार्दन शर्माको गाडीमा बम प्रहार

3505
Shares
जनार्दन शर्माको गाडीमा बम प्रहार

पश्चिम रुकुममा वाम गठवन्धनका उम्मेदवार एवं विना विभागीय मन्त्री जनार्दन शर्मामाथि बम प्रहार भएको छ । शर्माको चुनावी प्रचार प्रसार टोलीलाई लक्षित गर्दै चारजहारी नगरपालिका ८ को गोइरीमा २ बटा बम प्रहार भएको हो ।

चोरजहारी उपत्यकाको चुनावीसभाबाट घरदैलो गरेर फर्कदै गरेका शर्माको गाडीमा बम आक्रमण भएको रुकुम प्रहरीले पुष्टि गरेको छ । शर्मा चढेको गाडीको अघिल्तिर खसेको एउटा बम पड्किएको थिएन भने अर्को बम गाडी नजिकै खसेको थियो ।

‘मन्त्रीको गाडीलाई लक्षित गदै बम आक्रमण भएको हो ’ रुकुम प्रहरीले भन्यो,‘आक्रमण भन्दा पनि तर्साउने नियत देखिएको छ , कुनै क्षति भएको छैन ।’

जिल्ला प्रहरी कार्यालय रुकु्मका प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले बम हान्ने कार्यमा संलग्न व्यक्तिका खाजी भइरहेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीका कार्यैकर्ताले बम आक्रमण गरेको हुनसक्ने बताए । केही दिन अघि नेकपाका कार्यकर्ताले जनार्दन शर्माको घरका कालो झण्डा राखेका थिए ।

-लोकान्तर बाट

3505
Shares

ट्रेन्डिङ