सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

11290
Shares
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ६ वैशाख : सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। वितरण केन्द्रमा जाँदा कोमिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेवीकाले घरदैलो कार्यक्रम गरी ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने कार्यक्रम रहेको छ। यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई ‘बालभिटा’ खुवाइने मन्त्रालयले जनाएको छ।

11290
Shares

ट्रेन्डिङ