सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • धुलिखेलमा राष्ट्रिय शिक्षक संगठन

धुलिखेलमा राष्ट्रिय शिक्षक संगठन

5665
Shares
धुलिखेलमा राष्ट्रिय शिक्षक संगठन

धुलिखेल, १८ कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठनले धुलिखेल नगर कमिटि विस्तार गरेको छ । शनिवार धुलिखेलमा भएको प्रथम नगर अधिवेशनवाट नयाँ नेतृत्व समेत चयन भएको छ । धुलिखेल नपाका मेयर अशोक व्याञ्जूको प्रमुख आतिथ्यतामा भएको सम्मेलनवाट श्रीखण्डपुर आधारभुत विद्यालयका प्रअ राजेन्द्र कर्माचार्यको अध्यक्षतामा नयाँ कमिटि बनेको हो ।

कमिटिको उपाध्यक्षमा सरस्वती माविका गणित शिक्षक रुपेश नेपाल, महिला उपाध्यक्ष योगलक्ष्मी श्रेष्ठ, सचिवमा कालिदेवी माविका शिक्षक उद्धवप्रसाद तिमल्सिना, सहसचिवमा दुर्गालक्ष्मी खड्गी घिमिरे, कोषाध्यक्ष नवराज बडाल, सहकोषाध्यक्ष सुनिता परियार चयन भएका छन् ।

कमिटिको सदस्यहरुमा सोनाम सिंह लामा, मोहन वराल, मञ्जू बडाल, टिकादत्त गौतम, मनोहर थापा, मथुरा अधिकारी, सुरेश दनुवार,ईन्दिरा हुँमागाई, श्रीराम अधिकारी ,नरहरि कुँवर,अंञ्जुदेवी खनाल, लिलादेवी श्रेष्ठ, सतिदेवी न्यौपाने,कमला न्यौपाने, सिवी तामाङ, निरु गेलाल चयन भएका हुन् । सो भेलाले सुभद्रा अधिकारी, उद्धवप्रसाद बडाल, योगेन्द्र बडाल, कमल काफ्लेलाई प्रदेश प्रतिनिधीको रुपमा चयन गरेका छन् ।

5665
Shares

ट्रेन्डिङ