सबैको समाचार
शनिबार, माघ १९, २०८१
  • होमपेज
  • एबिएम बन्यो पहिलो आईएसओ सटिस्फाईड विद्यालय

एबिएम बन्यो पहिलो आईएसओ सटिस्फाईड विद्यालय

1635
Shares
एबिएम बन्यो पहिलो आईएसओ सटिस्फाईड विद्यालय

काभ्रे :- बनेपा नगरपालिका वडा न १० मा रहेको एबिएम स्कुलले अन्तरास्टिय शिक्षा स्थर हासिल गर्ने उदेस्यले आई एस ओ सर्टिफिकेट हस्तान्तरण गरेको छ ।

आज बनेपाको आईटीपार्क सङै रहेको लोटसईभेन्ट एन्ड म्यानेजमेन्ट प्रा लिको हलमा भएको कार्यक्रमका विच एबिएम बनेपाले आईएसओ सर्टिफिकेट प्राप्त गरेको हो ।

आज देशमा विद्यार्थीले भबिस्य देख्न छाडेकोको आपती जनाउदै । अहिलेका विद्यार्थीका भबिस्य देशमा देख्दैन । यो विद्यालयले आईएसओ प्राप्त मात्र गरेर भएन विद्यालयका विद्यार्थीले देश बनाउने र देशमै अवसर छ भन्ने स्थापित गर्न सकोस् भन्दै शुभकामना ब्यक्त कार्यक्रमका प्रमुख अतिथि दिपक गौतमले ब्यक्त गरेका थिए ।

भने सोही कार्यक्रमलाई शुभकामना ब्यक्त गर्दै मेयर शान्यी रत्न शाक्यले यस्ता कार्यले समग्रहमा नगरको शिक्षा गतिविधिलाई नै मद्दत पुर्याउने बिस्वास ब्यक्त गरे । आगामी दिनमा बनेपा नगरले सामुदायिक विद्यालयमा समेत यो खाल्को आईएसओ सर्टिफाईड बनाउने कार्य समेत अघि लैजाने बताएका थिए ।

आईएसओ प्रतिनिधि तथा आईएसओ अडिटर समेत रहेका शैलेन्द्र खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयलाई रिजल्ट निकाल्न र विद्यार्थीलाई उज्वल भविस्य दिनका लागि अन्तरास्ट्रिय स्थरको मापदण्ड बनेको सोही फलो गर्नका लागी र तेस्को चेक लिस्ट अनुरुप विद्यालयलाई अगाडि बडाएर नमुना एबिएम बन्नका लागि अधि बडेको छ । विद्यालय र विद्यार्थीको जीवन र सिकाईमा समेत यो कार्यले थप टेवा पुगोस ब्जन्दै शुभकामना ब्यक्त गरेका थिए ।

आईएसओ सर्टीफाईड कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख दिपक गैतम , बिशिस्ट अतिथि बनेपा नगर प्रमुख शान्ती रत्न शाक्य , शिक्षा क्षेत्रमा क्रीयाशिल , ब्यक्तित्व सङै आईएसओ प्रतिनिधि शैलेश खरेल ,प्यापसन प्रतिनिधि तथा एबिएमका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक विद्यार्थीहरु समेतको उपस्थितिमा एबिएमले आईएसओ सर्टिफाईडको प्रमाणपत्र प्राप्त गरेको हो ।

1635
Shares

ट्रेन्डिङ