काठमाडौं ।अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको हो भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।
डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ ।
डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो ।