काठमाडौं । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् ।
आइतबार बिहान सम्पन्न भएको मतगणना अनुसार वैद्यले ४८७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजन मानन्धरले ४५७ तथा वसन्त नारायण भोछिभोयाले ११७ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार ६४३ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा उमेशरत्न शाक्य र सुरेशभक्त भोछिभोया विजयी भएका छन् ।
महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा विजयी भए ।
सचिवमा कृष्णलाल श्रेष्ठ, सहसचिवमा रामकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल), तथा सहमुख्य संयोजकमा रवि तौज विजयी भएका छन् ।
सदस्यहरूमा हरिशचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके , रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमन चौ प्रधान, गौतम मानन्धर, सुजन मानन्धर , नरेशराज कायस्थ, रजेन्द्र पसछें, तथा राजनबहादुर ढकाल विजयी भएका छन् ।
त्यस्तै बनेपा संयोजक लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्य पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, वस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एसोसियट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् ।