बाघको छालासहित एक जना पक्राउ
कपिलवस्तु । शिवराज नगरपालिका–२, हल्लानगरमा अवैध बाघको छाला (वन्यजन्तु आखेटो पाहार) सहित एक जना पक्राउ परेका छन् । बाघको छाला किनबेच हुँदैछ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटाबाट पुगेको प्रहरीले करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि उभिएका बुटवल उपमहानगरपालिका ५, गोलपार्क बस्ने ४१ वर्षिया बिष्णुप्रसाद भट्टराईलाई बाघको छाला सहित पक्राउ गरेको हो । […]