सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?  

सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?  

385
Shares
सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?  

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ।

सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ पुगेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

385
Shares

ट्रेन्डिङ