काठमाडौं । सरकारले जलाशययुक्त जलविद्युत आयोजनाको लागि ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ठूला क्षमतामा जलविद्युत आयोजना निर्माण थालिने बताए ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुबाट ७७.५ घुन्सा र ७० मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण थाल्ने बताए । ७८३ मेगावाटको सुनकोसी तेस्रो निर्माण थाल्ने घोषणा गरे ।
उनले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना,१०६१ अप्पर अरुण जलविद्युत आयोजना निर्माण थाल्ने बताए । सरकारले नलगाड, जगदुल्ला,नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजना निर्माण थाल्ने बताए ।
निजी क्षेत्रबाट १०० मेगावाट सौर्य आयोजना प्रणालीमा जोड्ने सरकारको लक्ष्य छ । ऊर्जा क्षेत्रको विकास लागि ५० अर्ब ७४ करोड विनियोजन भएको छ ।