सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कोरोना जितेका वीरगञ्जका मेयर सरावगीका पिताको निधन

कोरोना जितेका वीरगञ्जका मेयर सरावगीका पिताको निधन

6580
Shares
कोरोना जितेका वीरगञ्जका मेयर सरावगीका पिताको निधन

काठमाडौं, १५ भदाै । वीरगंज : वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७७ वर्षको उमेरमा मृ’त्यु भएको छ।

गएराति ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृ’त्यु भएको हो। गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लल्याइएको थियो। उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार भइरहेको थियो। तर, अचानक स्वास्थमा समस्या आएपछि मृ’त्यु भएको मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिए।

सोमवार विहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा दा’ह’संस्का’र गरिने कार्यक्रम तय गरिएको छ। वीरगंजमा विक्रम सम्वत् २००० सालमा जन्मेका सरावगी समाजसेवीका रुपमा स्थापित थिए। उनका मेयर सरावगीसहित दुई छोरा एक छोरी छन्।

6580
Shares

ट्रेन्डिङ