सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • राष्ट्रियसभा गठनको वाद–विवादले नयाँ सरकार गठनमा ढिलाई

राष्ट्रियसभा गठनको वाद–विवादले नयाँ सरकार गठनमा ढिलाई

5000
Shares
राष्ट्रियसभा गठनको वाद–विवादले नयाँ सरकार गठनमा ढिलाई

काठमाडौँ, पुस ३ । प्रमुख तीन दलबीच राष्ट्रियसभा गठनमा कुरा नमिल्दा नयाँ सरकार निर्माणमा ढिलाई भएको छ। नेकपा एमाले,माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको विवादका कारण आम निर्वाचन पछि बन्ने नयाँ सरकारको गठनमा ढिलाई भएको हो । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धनले नयाँ सरकार निर्माण राष्ट्रिय सभाले कुनै पनि अप्ठ्यारो नपार्ने बताएको छ ।
नेपाली कांग्रेसले भने राष्ट्रिय सभाको गठन बिना नयाँ सरकार निर्माणको बाटो नखुल्ने दाबी गर्दै आएको छ । वाम गठबन्धनमा रहेका दलहरुले बहुमतिय प्राणालीको आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने अडान लिएका छन्,भने नेपाली कांग्रेसले एकल संक्रमणिय प्रणालीका अधारमा राष्ट्रियसभा गठनको माग गरिरहेको छ। सरकारले राष्ट्रियसभा गठनको लागि राष्ट्रपती कार्यालयमा अध्यादेस पठाएको छ। तर दलहरुको विवादकारण राष्ट्रपती कार्यालयले अध्यादेश जारी गर्न सकेको छैन ।

5000
Shares

ट्रेन्डिङ