जिल्ला ट्राफिक प्र ह री कार्यालय र जिल्ला प्र ह री कार्यालय काभ्रेले टिपरको ओभरलोड कटिङलाई निरन्तरता दिएको छ ।
टिपरको ओभरलोडका सडक क्षतविक्षत भइरहेको तीब्र गुनासोका माझ जिल्ला प्र हरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्र ह री कार्यालयले कटिङलाई निरन्तरता दिएको हो । नयाँ सिडियो र एसपी आएसँगै ओभरलोड कटिङले प्राथमिकता पाएको छ ।
केहिदिन अघि जिल्लाका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा पनि एसपी चक्रराज जोशीले ओभरलोड नियन्त्रणलाई कडाईका साथ लागु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
काभ्रे जिल्लामा बागमती टिपर ब्यवसायी संघ, स्वरोजगार ट्रक, टिपर ब्यवसायी संघ र कंलकी टिपर ब्यवसायी संघले समेत ओभारलोड नबोक्ने बारे सहमति जनाइसकेका छन् ।
काभ्रे प्र ह रीले ओभरलोड नबोक्न टिपर चालकलाई सम्झाई बुझाई गर्दै आएको छ भने टिपर ब्यवसायी र क्रसर उद्योगलाई समेत ओभरलोडका बारे छलफल गरिसकेको छ । क्रसर उद्योगबाटै क्षमताभन्दा बढी निर्माण सामग्री लोड नगर्न भनिएको प्र ह रीले जनाएको छ ।