सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • साबेलले हिर्काएर साथीको हत्या

साबेलले हिर्काएर साथीको हत्या

885
Shares
साबेलले हिर्काएर साथीको हत्या

हेटौंडा । मकवानपुरमा साथीबाटै एक जनाको हत्या भएको छ।

आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।

आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई साबेलले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

885
Shares

ट्रेन्डिङ