कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा
कास्की , असोज १ ;गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए […]