सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आफैले पालेको गोरुले हानेर काभ्रेमा एक जनाको मृत्यु

आफैले पालेको गोरुले हानेर काभ्रेमा एक जनाको मृत्यु

23875
Shares
आफैले पालेको गोरुले हानेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रे : आफैले पालेको गोरुको आक्रमणबाट काभ्रेको पाँचखालमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका –६ स्थित सालघारीका ७० वर्षिय पद्म बहादुर खड्का रहेका छन् ।

गोरु चराउन लाने क्रममा एक्कासी गोरुले आक्रमण गरेर गम्भिर घाईते भएका खड्कालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइए पनि डाक्टरले मृत घोषणा गरेको मृतकको परिवारले जानकारी दिएको छ।

खड्कालाई घाईते गराएर गोरुले अन्य व्यक्तिलाई पनि आक्रमण गर्न थालेपछि स्थानीय र प्रहरी प्रशासनको सहयोगमा गोरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

23875
Shares

ट्रेन्डिङ