सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान

सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान

12220
Shares
सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान

काठमाडौं, ८ असोज : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा खु कुरी हानाहान भएको छ। कांग्रेस वडा अधिवेशनको समयमा खुकु री हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ।

राप्रपा कार्यकर्ताको खुकुरी प्र हारबाट पाँचलाल तामाङ सख्त घा इते भएका छन्। खुकुरी प्रहार गर्ने व्यक्तिको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रह री कार्यालयले जनाएको छ। घाइते तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको र ह्याम्स अस्पतालमा उपचाररत रहेको जिल्ला प्रह री कार्यालयका एसपी राजन अधिकारीले बताए।

‘जुगल वडा ३ मा घ टना भएको रहेछ। प्रहरीको टोली त्यहाँ पुगिसकेको छ। खुकुरी प्रहारबाट पाँचलाल तामाङ गम्भीर घाइते भएकाले उनलाई हेलिकप्टरबाट उद्धार गरी ह्याम्समा पुर्‍याइसकेको छ,’ एसपी अधिकारीले भने।

घा इते हाल बोल्न सक्ने अवस्थामा नरहेकोले के कारणले खुकुरी प्रहार भएको खुल्न नसकेको उनले बताए। ‘पीडित अहिले बोल्न सक्ने अवस्थामा नभएकोले हामीले घटनाको भेरिफाइ गर्दैछौ। प्रारम्भिक चरणमै भएकोले के कसरी घटना भएको खुल्न सकेको छैन,’ एसपी अधिकारीले भने।

कांग्रेस सिन्धुपाल्चोकमा गत मंगलवारलाई वडा अधिवेशन तोकिएको थियो। १०३ वडा रहेको जिल्लामा तोकिएको मितिमा ९८ वटा वडामा अधिवेशन सकिएको थियो। बाँकी वडामा आज अधिवेशन तोकिएकोमा गुम्बा गाउँको वडा अधिवेशन भने रद्द भएको छ।

12220
Shares

ट्रेन्डिङ