सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्वारेन्टाइनमा एक जनाले गरे आत्महत्या

क्वारेन्टाइनमा एक जनाले गरे आत्महत्या

6155
Shares
क्वारेन्टाइनमा एक जनाले गरे आत्महत्या

बाजुरा, ३१ जेठ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने बडिमालिका नगरपालिका वडा न २ माझिगाउँका वर्ष ४५ का व्यक्ति रहेका छन् ।

उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टिाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । के कति कारणले आत्महत्या गरेको भन्ने कुरा अनुसन्धनपछि मात्र जानकारी हुने प्रहरी प्रमुख भट्टराईले बताएका छन् ।

थप अनुसन्धनका लागि इन्सपेक्टरको नेतृत्वमा टाेली घटनास्थल गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनले घाटीमा डोरी लगाएर आत्महत्या गरेको बुझिएको छ ।

शुक्रबार साँझ ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीसंगै बसेका मान्छेले फेला पारेपछि प्रहरीमा खबर गरिएकाे थियाे । उनी जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते बाजुरा पुगेको जनाएको छ । ४ बर्ष भारतमा बसेर २ दिन अगि घर नजिककै क्वारेन्टाइनमा बसेका थिए । अहिले त्यहाँ १६ जना क्वारेन्टाइनमा बरिहेका छन् ।

6155
Shares

ट्रेन्डिङ