आजदेखि देशभर नै लोडसेडिङ हट्यो
नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको छ । काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले मुलुकभर […]