सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माओवादी समर्थक शिक्षकको नेतृत्व चयनमा सकस ,अध्यक्षमा को कसको दाबी ? जिल्ला कमिटीको लागि कुन नगरपालिका र गाउँपालिकाबाट कुन शिक्षकको नाम सार्वजनिक ?

माओवादी समर्थक शिक्षकको नेतृत्व चयनमा सकस ,अध्यक्षमा को कसको दाबी ? जिल्ला कमिटीको लागि कुन नगरपालिका र गाउँपालिकाबाट कुन शिक्षकको नाम सार्वजनिक ?

5285
Shares
माओवादी समर्थक शिक्षकको नेतृत्व चयनमा सकस ,अध्यक्षमा को कसको दाबी ? जिल्ला कमिटीको लागि कुन नगरपालिका र गाउँपालिकाबाट कुन शिक्षकको नाम सार्वजनिक ?

बनेपा÷माघ १ , माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनकोे चौथौँ अधिवेशनमा नेतृत्व चयनमा सकस भएको छ । समाजवादी शिक्षा नीति, समाजवादीे क्रान्तिमा उभार, बापन्थी शिक्षक एकताको शैक्षिक र पेशागत विकास, एकताको चौथौ जिल्ला सम्मेलनको आधार भन्ने मूल नाराका साथ शुरु भएको अधिवेशन यति बेला नेतृत्व चयनमा सकस भएको छ ।

 

आफ्नै सगठन भित्र पनि नेतृत्व चयन गर्न सकस परिरहेको माओवादी समर्थक शिक्षकहरुलाई भोली हुने भन्ने वामगठबन्धनमा कसरी मिलेर जान सक्छन् भन्ने उदाहरणको विषय भएको छ । थोरै भएको सस्थामा त सहमती गरेर अगाडि बढ्न नसकेको सस्था भोलिका दिनमा कसरी सहमति गरेर अगाडि बढ्ने छ यो भने हेर्न बाकी रहेको छ ।

 

शानिबार बनेपामा शुरु भएको अधिवेशन उद्घाटन सत्र देकि बन्दसत्रमा आईपुग्दा सम्म कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद भएका कारण अधिवेशनले पूर्णता पाउन सकेको छैन् । पटक पटक सहमतिका लागि जिल्ला स्तरीय नेताहरु लागे पनि मिलाउन नसकेका कारण नेतृत्व चयनका लागि छलफल गर्न र सहमति गर्नका लागि भन्दै तिन हप्ता सारेको छ ।

अध्यक्षमा को कसको दाबी ?
संगठनको एकताको चौथौँ जिल्ला सम्मेलन सम्पन्न भएपनि नेतृत्वमा सहमत हुन नसक्दा शनिवार भएको बैठकले टुंग्याउन सकेनन् । संगठनका जिल्ला अध्यक्ष पदका लागि पाँच जनाले दाबी गरेपछि शनिवार अबेरसम्म बसेको बैठकले टुंग्याउन नसकेको हो ।

अध्यक्ष पदका लागि मोहन कुमार भुजेल, पदमप्रसाद तिमल्सिना, खडग बहादुर लामा, बद्रिप्रसाद ढुंगाना र रामचन्द्र चौलागाईले अध्यक्ष पदको लागि दाबी गरेका हुन् । पार्टी भित्र पनि गुटउपगुटका कारण पनि तोकीएको समयमा अधिवेशन सफल हुन नसकेको एक जिल्ला सदस्यले जानकारी दिए । अध्यक्षका लागि भर्खर निर्वाचित प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ,चौरी देउराली गाउँपािलकाका प्रमुख दिननाथ गोतम र पूर्व सांसद सूर्यमान दोङ बिच कसको मान्छेलाई अध्यक्ष बनाउने भन्ने विषयले गर्दा पनि नेतृत्व चयन हुन नसकेको ति सदस्यले बताए ।

पाँच जनाको नाम आईरहदा पार्टी नेतृत्वले आ–आफ्नो अडन नछोड्दा समय थप गनु परेको उनले बताए । २० गते सम्ममा सहमति नजुटे २१ गते निर्वाचनमा जाने तयारीमा लागेको बुझिएको छ ।
कसको सम्भावना
पाँच जनाको नाम चर्चामा रहे पनि यो समाचार तयार पर्दा सम्म दुईजनाको नाममा सहमति नजिक आईपुगेको बुझिन आएको छ । शनिवार बसेको अन्तिम बैठकले दुई जनाको नामसम्म पुग्यो ।

तर पाँचखाल नगरपालिकाबाट बद्रि प्रसाद ढुंगाना र बेथानचोक गाउँपालिकाबाट मोहन कुमार भुजेलले अडान लिएपछि बैठक आगमी माघ २० गतेसम्मका लागि स्थागित भएको बैठक श्रोतले जनाएको छ । मोहन कुमार बुझेल नेकपा एमालेबाट २०६४ सालमा माओवादीमा प्रवेश गरेका थिए भने बद्रि प्रसाद ढुंगाना जनयुद्ध कालदेखि माओवादी समर्थथित शिक्षक संगठनमा आबद्ध थिए ।

श्रोतका अनुसार २० गतेको बैठकले पनि सहमति नभए निर्वाचन प्रकृयाबाट अगाडी बढने बैठकमा सहभागि एक शिक्षकले काभ्रे सन्देश साप्ताहिलाई भने ।

जिल्ला कमिटीको लागि कुन नगरपालिका र गाउँपालिकाबाट कुन शिक्षकको नाम सार्वजनिक ?
बेथानचोकबाट मोहन कुमार भुजेल, चौरीदेउरालीबाट उमेश गुरागाई, रामचन्द्र चौलागाई, गंगाबहादुर लामा, केपी पाण्डे, राजु चौलागाई तारा प्रसाद चौलागाई महाभारत गाउँपालिकाबाट प्रमदप्रसाद तिमिल्सना, विष्णु माझी, गिरिराज महरा, नरेशराम दसाई बनेपा नगरपालिकाबाट कुमार कार्की, धुलिखेल नगरपालिकाबाट तोयानाथ उप्रेती, पाँचखालबाट बद्रिप्रसाद ढुंगाना, पनौतीबाट बिमला सापकोटा, तिमाल गाउँपालिकाबाट खडग् बहादुर लामा, दुवाङध्वर्जे लामा, सार्कीमान तामाङ, रुपेश लामा, भूम्लु गाउँपालिकाबाट अमर बहादुर प्रधान, निर्माला खडगा, अच्युतप्रसाद पराजुली, मण्डनदेउपुरबाट कमल घिमिरे, नमोबुद्ध नगरपालिकाबाट मोहन गुरागाई, ज्ञानबहादुर भुजले, खानेखोला गाउँपालिकाबाट होमबहादुर वाइबा, रोशी गाउँपालिकाबाट ज्ञानेन्द्र बहादुर तामाङ र रचना मैनाली रहेका छन् ।

-काभ्रे सन्देश बाट

5285
Shares

ट्रेन्डिङ