सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • यातायातका साधनमा जोर विजोर प्रणाली लागू

यातायातका साधनमा जोर विजोर प्रणाली लागू

5370
Shares
यातायातका साधनमा जोर विजोर प्रणाली लागू

काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

5370
Shares

ट्रेन्डिङ