काभ्रे : ईलाका प्रहरी कार्यालय बनेपाले पनौतीमा ल्यापटप चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ ।
१९ वर्षीय राजेश गोलेको कोठाबाट भदौ १३ गते ल्यापटप चोरी गर्ने रविन थोकरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
१९ वर्षीय रविनलाई बनेपा नगरपालिका वडा नम्बर ७ बाट ल्यापटप सहित पक्राउ गरिएको बताइएको छ । थोकरले ८५ हजार मुल्य बराबरको ल्यापटप चोरी गरेको बताइएको छ ।
सीसी क्यामेरा फुटेजको आधारमा बिश्लेषण गर्दा थोकरलाई पक्राउ गर्न सहज भएको प्रहरीले जनाएको छ । थोकर उपर जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुसन्धान भैरहेको छ ।