सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधन, भारतमा भोलि राष्ट्रिय शोक

जापानका पूर्वप्रधानमन्त्री आबेको निधन, भारतमा भोलि राष्ट्रिय शोक

5190
Shares
जापानका पूर्वप्रधानमन्त्री आबेको निधन, भारतमा भोलि राष्ट्रिय शोक

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिन्जो आबेप्रति निकै सम्मान रहेको बताउँदै भोलि शनिवार देशमा राष्ट्रिय शोक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।

 

5190
Shares

ट्रेन्डिङ