सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बेस्ट एफएम तेस्रो बर्षमा प्रबेश

काभ्रेको बेस्ट एफएम तेस्रो बर्षमा प्रबेश

2175
Shares
काभ्रेको बेस्ट एफएम तेस्रो बर्षमा प्रबेश

काभ्रे: काभ्रेको बेस्ट एफएम ८८.१ मेगाहर्ज दोस्रो वर्ष पुरा गरि आजबाट तेस्रो बर्षमा प्रबेश गरेको छ ।

एफ एम तेस्रो बर्षमा प्रबेश गरेको सुअवसरमा आज एफ एमको बनेपा कार्यलयमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पुजा आजा गरिनुका साथै केक काटेर सेलिब्रेसन समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष इश्वरी ओझा ,प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोइराला ,प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी ,बनेपा हेल्थ केयरका अध्यक्ष एवम एफएम सन्चालक जितेन्द्र कुमार थापा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एफ एमका सन्चालक एवम नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले सम्पुर्णलाई स्वागत गरेका थिए । बेस्ट एफएम काभ्रे जिल्लाकै लोकप्रिय एफ एम मा पर्दछ । दैनिक बिहान ५ बजे देखि राति ११ बजे सम्म एफ एम प्रशारण हुदै आइरहेको छ ।

2175
Shares

ट्रेन्डिङ