सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काठमाडौँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण

काठमाडौँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण

665
Shares
काठमाडौँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण

काठमाडौँ । काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ ।

यसैगरी,  देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ ।

बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ । गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको छ ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् ।

665
Shares

ट्रेन्डिङ